२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

घट्यो अमेरिकी डलर,यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

घट्यो अमेरिकी डलर,यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

फाल्गुन १३ गते, काठमाण्डौ-नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ।  

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२  पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।  

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।  स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ५६ पैसा तय गरिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ। 

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्री दर ३१ रुपैयाँ ५२  पैसा तोकिएको छ।  

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ एक पैसा र बिक्रीदर १३ रुपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रुपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रुपैयाँ १० पैसा तय गरिएको  छ। 

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ।  राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ। रासस

Loading poll ...
Share on Social Media