फागुन १३ गते, काभ्रे – काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेले जानकारी दिएको छ । बसमा २४ जना सवार थिए ।
घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।
बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । बस काठमाडौंबाट रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको प्रहरीले जनाएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क