२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरू

नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरू

काठमाण्डौं : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास सुरू भएको छ। ‘Ex-Balance Nail’ नाम दिइएको अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १० जना सहभागी छन्। विसं २०६० सालदेखि सञ्चालन हुँदै आएको नेपाल र अमेरिकीबीचको सैन्य अभ्यासको यो ४१औं संस्करण हो।

विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित रहेर छाउनी र नगरकोट इलाकामा अभ्यास गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ। उक्त सैन्य अभ्यास फागुन २४ गतेसम्म चल्नेछ।

नेपाली सेनाले अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसियालगायत देशहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलगायतका विषयमा सैन्य अभ्यास गर्दै आएको छ।

त्यस्तै फागुन ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने जंगी अड्डाले जनाएको छ।

अन्नपूर्ण पोस्ट

Share on Social Media