फाल्गुन २८ गते,काठमाडौँ —पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै मंगबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छ । एनफिल्डमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजी १–० ले विजयी रहेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो ।
त्यस स्थितिमा टाइ १–१ को बराबरीमा रहेको थियो । ओसमन डेम्बेलेले पीएसजीले निर्धारित समयमा प्राप्त जितमा निर्णायक गोल गरे । पीएसजी गोलरक्षक जियानलुगी डोनारुमले डारविन नुनेज र कर्टिस जोन्सको पेनाल्टी प्रहारलाई गोल हुन दिएनन् । पीएसजीका तर्फबाट भिटिन्हा, गोनकालो रामोस, डेम्बेला र डिसायर डोउ सबैले पेनाल्टीमा गोल गरे ।
बार्सिलोना, बायर्न म्युनिक र इन्टर मिलान पनि क्वारटफाइनल पुगेका छन् । बार्सिलोनाले बेनफिकालाई ३–१ ले हराएर समग्रमा ४–१ को अग्रता लियो । बायर्नले बायरलेभरकुजनलाई २–० ले पराजित गर्दै ५–० ले अगाडि रह्यो । यस्तै इन्टरले फायनउडमाथि २–१ को जित रच्दै समग्रमा ४–१ को अग्रता लियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क