२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

पिएसजीसँग हार्दै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

पिएसजीसँग हार्दै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

फाल्गुन २८ गते, काठमाण्डौ- इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । 

पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैदानमा मङ्गलबार राति भएको खेलमा लिभरपुल पीएसजीसँग पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित भयो ।

पीएसजीले लिभरपुललाई १–० गोलले हराउँदै समग्रमा खेल १–१ गोलको बराबरी भएपछि पेनाल्टीबाट नतिजा लिइएको थियो । जसमा पिएसजी भाग्यमानी बन्यो ।

दोस्रो लेगमा पिएसजीका लागि १२औँ मिनेटमा उस्मान डेम्बेलेले गोल गर्नुभएको थियो । जितसँगै पिएसजी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

यस्तै अन्य खेलमा जित निकाल्दै बार्सिलोना, बायर्न म्युनिख र इन्टर मिलानले क्वार्टरफाइनलमा स्थान बनाएको छ । बार्सिलोनाले बेनफिकालाई ३–१ गोलले हरायो । बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा लामिन यामालले एक गोल गर्नुभयो ।

बायर्नले वायर लेभरकुसेनलाई २–० तथा इन्टर मिलानले फेयोनार्डलाई २–१ गोलले हराएको हो । एजेन्सी 

Loading poll ...
Share on Social Media