२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

मिर्गौला रोग लाग्नै नदिन के गर्ने ?

मिर्गौला रोग लाग्नै नदिन के गर्ने ?

फाल्गुन २९ गते, काठमाण्डौ-मिर्गौला फेल भएका बिरामीले उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछामासु, दुध र दूधजन्य खाना, गेडागुडी, नट्स न्युन कम मात्रै खानुपर्छ । पोटासियम कम भएका तरकारी तथा फलफूलहरु खाने गर्नुपर्दछ ।

पोटासियमको मात्रा धेरै हुने तरकारीहरूमा हरियो धनियाँ, लट्टेको साग, पालुंगो साग, पिँडालु, सख्खरखण्ड, कर्कलो, सबैखालका गाढा हरियो तरकारीहरू पर्छन् ।

त्यसैगरी सजिवन, कुरिलो, सुकाएको फलफूल तथा तरकारी, खसी, राँगा, बंगुरको मासु, गोलभेडा, तामा, गुन्द्रुक, सिन्की, च्याउ आदि पर्दछन् । यी खानेकुरा मिर्गौला रोगीले एकदमै कम खानुपर्छ ।

यस्ता तरकारी पकाउँदा राम्ररी पखाल्ने, सानो टुक्रामा काट्ने, २ देखि ३ घण्टा तातोपानीमा भिजाउने, पानी फाल्ने र पकाउने वा उमालेको पानीमा तरकारी राखेर १० देखि १५ मिनेट फेरि उमाल्ने, पानी फाल्ने र पकाउने गरेमा केही हदसम्म पोटासियम नाश हुन्छ र मिर्गौलाका बिरामीलार्इ फाइदा गर्छ ।

तरकारी पकाउँदा बेसार, मसालाहरु एकदम कम राखेर पकाउने गर्नुपर्दछ । त्यस्तै पोटासियमको मात्रा कम भएका फलफूलहरु जस्तै-: नास्पाती, भुइँकटहर, पाकेको मेवा, स्याउ, अम्बा, खरबुजा, स्ट्रबेरी आदि खान सकिन्छ ।

तर पोटासियमको मात्रा बढी हुने आँप, अमला, आलुबखडा, आरु, केरा, जुनार, सुन्तला, अनार, एभोकाडो जस्ता फलफूलहरु भने कम मात्रामा खानु पर्दछ ।

यस्ता बिरामीले नुन दिनमा २–३ ग्राम ९आधा चिया चम्चा० मात्र खाने, चिल्लो, तारेको खानेकुराहरु नखाने, धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने, कार्बोनेटेड पेय पदार्थ ९बोलीचालीको भाषामा चिसो पेय पनि भनिन्छ० नखाने गर्नु पर्दछ ।

मिर्गौलाका बिरामीले प्रशोधित मासु, प्याकेटको सुप, रेडिमेड अचार, पुरानो गलेको अचार खानु हुँदैन । धेरै नुन भएका प्रशोधित खाना जस्तै-: चिप्स, तयारी चाउचाउ, चिजबल्स, पापड, क्रेकर नखानु नै उपयुक्त हुन्छ ।

काजु, किसमिस, बदाम, पेस्ता, ओखर लगायत नट्स आफैँमा स्वस्थकर र पोषिला खानेकुरा हुन तर यिनमा फस्फोरसको मात्रा बढी हुने हुँदा मिर्गौलाका बिरामीले सकेसम्म कम कम खानुपर्छ ।

पानी वा तरल पदार्थ कति खाने भन्नेमा भने बिरामीमा सून्निएको छ वा छैन, रक्तचापको अवस्था, पिसाब मापन, रगतमा सोडियमको मात्रा आदिमा भर पर्छ।

यहा बुझ्नु पर्ने कुरा के छ भने सामान्य र स्वस्थ व्याक्तिका लागि स्वस्थकर र पोषिला मानिने खानेकुरा पनि मिर्गौलाका बिरामीका लागि असर गर्ने हुन सक्दछ ।
अतः खानपानका बारेमा जानकारीका लागि नियमित डाइटिसियनको परामर्श लिनु पर्दछ ।-वर्षा भटराई(डाइटिसियन)

Loading poll ...
Share on Social Media