२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

राजनीतिराजावादीको प्रोपोगान्डापछि सेनाले भन्यो: संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ

राजनीतिराजावादीको प्रोपोगान्डापछि सेनाले भन्यो: संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ

चैत ६ गते,काठमाडौं -पछिल्लो समय नेपाली सेनाबारे राजावादीहरूले गरिरहेको अनेक टीकाटिप्पणीबारे नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक अनुरोध वक्तव्य जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ’, सेनाले विज्ञप्तिमा भनेको छ।

यस्तै विज्ञप्तिमा विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएको विषय पनि सेनाले उल्लेख गरेको छ।

‘…नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले भनेको छ।

यसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गरेको छ।

पछिल्लो समय विशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली सेनालाई लिएर विभिन्न किसिमका बयानबाजी दिइरहेका छन्। उनले राजसंस्था फर्काउने अभियानमा सहयोग गर्न सेनालाई आग्रह गरिरहेका छन्। नागरिक

Share on Social Media