२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकी डलरको मूल्य घट्यो,अरु मून्द्राको भाउ कति छ ?

अमेरिकी डलरको मूल्य घट्यो,अरु मून्द्राको भाउ कति छ ?

चैत ७ गते,काठमाडौं -नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्टर्लिङ, स्विस फ्य्रांकलगायत मुद्राको मूल्य घटेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।

यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्रांक एकको खरिददर १५६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १७ पैसा र बिक्रीदर २० रूपैयाँ २६ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १७ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा तोकिएको छ ।

बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६० रूपैयाँ ०८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

Loading poll ...
Share on Social Media