२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

अमेरिकाले फेरि ६ जना नेपालीलाई गर्‍यो निष्कासन

अमेरिकाले फेरि ६ जना नेपालीलाई गर्‍यो निष्कासन

चैत १४ गते,काठमाडौं – अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम तिव्र बनाएको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो।

‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले भन्यो।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ। पछिल्लो समय अमेरिकाले ११ जना नेपालीलाई विमान चार्टर नै गरेर नेपाल ल्याएको थियो।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media