राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालमा २०७९ असार ७ गते निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भई स्थापना भएको राजनीतिक दल हो । यसले प्रतिनिधि सभा निर्वाचन, २०७९ मा प्रत्यक्ष तर्फ ७ सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याउदै चौंथो ठूलो दल बन्न सफल भएको थियो। तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ भएको उपनिर्वाचनमा रास्वपा बाट उम्मेदवार बनेका सोर्णीम वाग्लेले जित्दै रास्वपाका लागि सङ्घीय संसदमा थप १ सिट थप्न सफल भएका थिए ।
रवि लामिछानेले २०७९ असार २ मा ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदैै प्रतिनिधि सभा निर्वाचन, २०७९ मा चितवन २ बाट चुनाव लड्ने घोषणा गरेका थिए। उनले यसभन्दा अगाडि ७ असार २०७९ मा, २१ सदस्यीय केन्द्रीय समिति सहित राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए। १७ असार २०७९ मा रवि लामिछाने संस्थापक अध्यक्ष र निर्वाचन चिन्हको रूपमा वृत्तभित्रको घण्टीको साथ दल औपचारिक रूपमा निर्वाचन आयोमा दर्ता भएको थियो। सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७९ मा, १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो र प्रतिनिधिसभा सदस्यका लागि बन्द सूची बुझाएको थियो भने प्रदेश सभाका लागि कुनै पनि उम्मेदवार खडा गरेको थिएन। उसले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार चयन गरेको थियो।
रास्वपा संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको राजनीतिक पार्टी भनेर आफ्नो पार्टीको दस्तावेजमा उल्लेख गरेको छ। यस दलले यसको कुनै पनि भ्रातृ सङ्गठन र कार्यकर्ताहरू नहुने घोषणा गरेको थियो। दलबाट निर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्राथमिक निर्वाचन गर्ने र मत दिन्न र अनुपस्थित मतपत्रको व्यवस्थालाई पनि समर्थन गर्ने घोषणा गरेको छ। दलले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालकासातै प्रदेशका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने आफ्नो पार्टीको दस्तावेजमा उल्लेख गरे तापनि प्रदेश निर्वाचन भने बहिस्कार गर्दै आएको छ ।
रास्वपाले प्रतिनिधि सभा निर्वाचन, २०७९ निर्वाचनका लागि आफ्नो घोषणापत्रमा वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मका निर्वाचित प्रतिनिधिलाई समेट्ने विस्तारित चुनावी वाचापत्रमा निर्वाचित गैरदलीय राष्ट्रपतिको विचारलाई पनि समर्थन गरेको छ र राष्ट्रिय सभाका अध्यक्षले वास्तविक उपराष्ट्रपतिको रूपमा काम गर्ने विचारलाई पनि समर्थन गरेको छ। उसले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्न माग गर्दै संवैधानिक परिषद् खारेज गरी संवैधानिक निकायमा नियुक्तिका लागि राष्ट्रिय सभाबाट सिफारिस गरी प्रतिनिधि सभाबाट अनुमोदन गर्न माग गरेको छ। दलले प्रदेश सभा र जिल्ला समन्वय समिति विघटन गर्न माग गर्दै प्रदेशका स्थानीय तहका प्रमुखले निर्वाचित गर्ने प्रदेश परिषद्को पक्षमा उभिने जनाउँदै आएको छ।
आफ्नो पार्टीको दस्तावेजहरुमा जेकुरा उल्लेख गरेको छ व्यवहारमा त्यसप्रति रास्वपा प्रतिबद्ध रहेको पाइदैन । अहिले देशमा राजतन्त्र की गणतन्त्र भन्ने विषयमा राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी र विभिन्न राजावादी संगठनको साहारामा पूर्व राजा ज्ञानेन्द्रले जबर्जस्ती बहस सिर्जना गर्न खोजिरहेका छन् ।
निर्वाचन लगत्तै राश्वपा आफ्नो चुनावी प्रतिबद्धता विपरीत सत्ता समीकरणमा सहभागी भयो । अस्तिर सत्ता समीकरण बाट रास्वपा पनि अलग रहन सकेन ।पटक पटक फेरबदल हुने सत्ता समीकरणमा रास्वपा एक पछि अर्को बहाना गर्दै सरिक भइरयो । अन्ततः संसदका दुई ठूला दल कांग्रेस र एमाले बीच सत्ता समीकरण भएपछि भने रास्वपा सत्ता बिहिन हुन पुग्यो ।
रास्वपा सभापति रवि लामिछाने सहकारीको बचत अपचलन प्रकरणमा तानिए सँगै उनी ८४ दिन हिरासद बसेर धरौटीमा निस्केका छन् । सहकारीको बचत अपचलन प्रकरणमा आफ्नो पार्टीको सभापतिलाई प्रतिशोध पूर्ण थुनामा राखेको भनेर सिंगो पार्टी आन्दोलित भयो भने अदालतले उनलाई अहिलै निर्दोष भन्न नसक्ने भन्दै धरौटीमा छोडेको थियो ।
सभापति लामिछानेलाई अदालतले निर्दोष नभने पछि रास्वपाको बैठकले उपसभापति डोल प्रसाद अर्याललाई कार्यबहाक सभापति तोक्यो भने उनको संसद पद पनि निलम्बनमा पर्यो ।
सभापति लामिछाने विवादित भए पछि रास्वपा एकाएक आफ्नो पार्टीको राजनीतिक प्रतिबध्दता विपरीत गएको हो कि भन्ने आशङ्का पैदा भएको छ । गत चैत १५ गते समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा आह्वान गरेको प्रदर्शनलाई सम्बोधन गर्दै माओवादी अध्यक्षले रास्वपालाई गणतन्त्रवादी की राजावादी भन्दै प्रश्न गरेका थिए । रास्वपाका नेता स्वयंले पनि अहिले चलेको गणतन्त्र की राजतन्त्र भने बहसमा कतैपनि नखुनले अभिव्यक्ति दिदैआएको पाइन्छ । चैत १७ गते प्रधानमन्त्रीले गणतन्त्र पक्षधर दलको बैठक बोलाएका थिए भने बैठकमा रास्वपालाई भने बोलाइएको थिएन ।
रास्वपा स्थापना देखिका राजनीतिक घटाना क्रमलाई हेर्दा उसलाई एक अस्थिर युवाहरुको पार्टी जस्तो देखिन्छ । यति छोटो सयमा रास्वपा आफ्नो राजनीतिक प्रतिबद्धतामा अढीक भएको देखिँदैन ।
हाम्रो देश नेपाल लामो समय देखि विदेशीको रणमैदान बन्दै आएको छ । प्रत्येक दसक पछि विदेशीले विभिन्न समूहलाई परिचलान गर्दै यहाँ अस्थिरता निम्ताई आफ्नो स्वार्थ पूर्ति गर्दै आएका छन् । अहिले पनि नेपालमा भाजपाका नेताको फोटो बोकेर नेपालमा राजतन्त्रको नाममा आन्दोलन भइरहेको छ । यस्तो समयमा राश्वपा जस्तो पार्टीको भूमिका कस्तो हुन्छ भन्ने आमजनताले चासोका साथ हेरी रहेका छन् ।
सहकारी बचत अपचलन प्रकरण बाट पार्टी सभापति बाट निलम्बनमा परेका रबि लामिछाने उक्त मुद्दा किनारा नलाग्दै आज देखि सभापतिको जिम्मेवारीमा फर्किने भएका छन् । आज बस्ने राश्वपाको बैठकले आफ्नो राजनीतिक प्रतिबद्धता कायम राख्छ की परिमार्जन गर्दै राजावादी कित्तामा उभिन्छ त्यो हेर्न उसको बैठक समापन हुने समय सम्म कुर्नुपर्ने हुन्छ ।