२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

सरकारले दियो आइतबार सार्वजनिक बिदा

सरकारले दियो आइतबार सार्वजनिक बिदा

चैत २२ गते,काठमाडौं – सरकारले आउँदो आइतबार (चैत २४) सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकबाट गरिएको बिदाको निर्णय राजपत्रमा छापिएको हो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media