चैत २२ गते,काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिने बताएका छन्।
शुक्रबार बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली सँग
भेटेपछि मोदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो। भारत नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छ।
उनले आफूहरूले भारत-नेपाल सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गरेको पनि लेखेका छन्। ‘विशेषगरी ऊर्जा, दुईदेशीय सम्बन्ध, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रमा कुराकानी भए,’ मोदीले लेखेका छन्।
उनले बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त महत्त्वपूर्ण र सकारात्मक उपलब्धिहरूबारे पनि कुराकानी गरेको जानकारी दिएका छन्।
मोदीको स्टाटस
ए
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क