२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

राप्रपालाई गृहले भन्यो अराजकता सह्य हुन्न,निषेधित क्षेत्र तोडने कार्यमा संलग्नलाई कारबाही हुने

राप्रपालाई गृहले भन्यो अराजकता सह्य हुन्न,निषेधित क्षेत्र तोडने कार्यमा संलग्नलाई कारबाही हुने

बैशाख ७ गते, काठमाण्डौ-गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार (आज) निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने तयारी गरेपछि त्यस्तो नगर्न चेतावनी जारी गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्रभित्र प्रदर्शन गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जानकारी गरेको सूचनामा भनिएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिलाई संविधान र कानुनको ठाडो उल्लंघन ठहर गर्दै त्यसमा संलग्न हुने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयले समाजमा अराजकता र हिंसा फैलाउने कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।

Loading poll ...
Share on Social Media