२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

जेठ ५ गते,काठमाडौं – गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठक बसेको थियो । उक्त बैठकमा काठमाडौंका मेयर शाह अनुपस्थित थिए ।

अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

‘उहाँले नामै त भन्नुभएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा उहाँ (प्रधानमन्त्री)ले चासो राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।’

ती स्रोतका अनुसार, सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहितका कार्यक्रम गर्न तहगत समिति र उपसमिति गठन गरिएको छ ।

त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।अनलाईनखबर

Loading poll ...
Share on Social Media