२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

सत्ता गठबन्धनमा खट्पट ,ओली भेट्न बालुवाटार गएनन् देउवा

सत्ता गठबन्धनमा खट्पट ,ओली भेट्न बालुवाटार गएनन् देउवा

जेठ ५ गते, काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार (जेठ ५) साँझ भेटवार्ता सम्भव भएन ।

सत्तासाझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी थियो । तर, ओली भेट्न देउवा गएनन् ।

दुई नेता भेटका निम्ति मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । तर, देउवा नआएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफलको तयारी थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवोर्क

Loading poll ...
Share on Social Media