२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

मन्त्री सुदन किराँती आफ्नो कार्यकक्ष आफै सफा गर्दै

मन्त्री सुदन किराँती आफ्नो कार्यकक्ष आफै सफा गर्दै

फागुन ४ काठमाडौं – सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ। सधैंझैं निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको जनाइएको छ ।‘

स्रोतका अनुसार मन्त्री ज्यु सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्ने भएकाले कार्यालय सहयोगी कर्मचारीहरुले कहिलेकाहिँ सफा गर्न नभ्याउने हुन्छ । आज त्यस्तै भयो । त्यही भएर मन्त्रीज्यूले आफ्नो च्याम्बर आफैं सफा गरेको जनाइएको छ।’

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

 

 

Share on Social Media