२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

आज बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत

आज बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत

जेठ २० गते,काठमाडौं – यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् ।

रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।

सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिबीच भएको तेस्रो चरणको वार्तामा यो सहमति भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले चक्काजामको कार्यक्रम फिर्ता लिने बताए ।

वार्ताका लागि गठन भएको कार्यदलले सहमति भएका विषय समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको स्वाँरको भनाइ छ ।

सोमबार मध्यरातिको वार्ता सम्पन्न भएपछि पन्थले भने, सोमबारको उपलब्धि भनेको के हो भने हामी मंगलबार फस्ट आवरमै प्रधानमन्त्री कार्यालय मार्फत् प्रदेश सरकारलाई रिक्वेस्ट गराएर आन्दोलनका कार्यक्रम पनि फिर्ता हुन्छ होला, सरकारले निर्देश गर्छ होला भन्ने हामीले आश गरेका छौं ।’

Loading poll ...
Share on Social Media