असार १८ गते,काठमाडौं-नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने हुनुभएको छ ।
बुधबार भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा आफूले लिँदै आएका सुविधा फिर्ताका लागि गृह मन्त्रालयल पत्र पठाउनु भएको हो ।
गृह स्रोतका अनुसार, भण्डारीले पत्रमा सुरक्षाबाहेकका सुविधा फिर्ता लिन आग्रह गर्नु भएको जनाएको छ ।
आजकै मितिबाट लागु हुने गरी उँहाले सेवासुविधा फिर्ताका लागि पत्र पठाएको भण्डारीको सचिवालय स्रोत बताउँछ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क