२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता,के विषयमा भयो छलफल ?

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता,के विषयमा भयो छलफल ?

साउन ४ गते,काठमाडौँ-प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता भएको छ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार(आज) दिउँसो छलफल भएको हो।

भेटवार्ता पछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।

पार्टी सदस्यताको नवीकरणको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, “त्यो कुरा पछि भनौंला । उहाँसँग चाहिँ आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो । अरु विषय तपाईंलाई आधिकारिक च्यानलबाट थाहा हुन्छ ।”

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media