२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बेन स्टोकसँगै जोय रुटले पनि लिए आईपीएल २०२४ बाट नाम फिर्ता

बेन स्टोकसँगै जोय रुटले पनि लिए आईपीएल २०२४ बाट नाम फिर्ता

१० मंसिर, काठमाडौं । इंग्ल्याण्डका दुई खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट नाम फिर्ता लिएका छन् ।

वेन स्टोकले केही समयअघि आईपीएल नखेल्ने सार्वजनिक घोषणा गरेका थिए भने जोय रुटले पनि आइपीएलबाट नाम फिर्ता लिएका छन् ।

स्टोकले आफ्नो इन्जुरीका कारण आईपीएलबाट नाम फिर्ता लिएका थिए । त्यस्तै जोय रुटले भने कामको बोझ र आफ्नो फिटनेसको कारण देखाएर नाम फिर्ता लिएका हुन् ।

स्टोकले आगामी नोभेम्बर २३ बाट भारतमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि आफू नहुने बताएका छन् । इङ्ल्यान्डका ३२ वर्षीय ब्याटर रुटले गत वर्ष आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए । उनले त्यस क्रममा एक पटकमात्रै ब्याटिङको अवसर पाएका थिए ।

राजस्थान रोयल्सले आफ्नो सामाजिक सञ्जालबाट जोय रुटले आइपीएलमा नखेल्ने कुरा सार्वजनिक गरेको हो ।

राजस्थान रोयल्सका क्रिकेट डाइरेक्टर कुमार साङ्गकाराले भने, ‘हामी उनको निर्णयलाई सम्मान गर्छौं । उनले गर्ने हरेक काममा उनले सफलता प्राप्त गरुन्, हाम्रो शुभकामना ।’

 

Share on Social Media