२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

प्रधानमन्त्री ओलीले नै मदनका ४ श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनिदिए : प्रचण्ड

प्रधानमन्त्री ओलीले नै मदनका ४ श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनिदिए : प्रचण्ड

साउन १० गते,काठमाडौं -काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको तर्क गरे ।

मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकेको एमालेमा अहिले संकट देखिएको प्रचण्डको भनाई छ ।प्रधानमन्त्री ओलीले नै मदनका ४ श्रीमती थिए भनिदिए र सहकारी ठगीको आरोप थियो भनेर जबज र मदनभण्डारीको इतिहास माथि नै नयाँ सिराबाट बहस सुरु गर्न खोजेको प्रचण्डको आसय थियो ।

‘तर आजको दिन संकट के भयो भने जबजको उत्तराधिकारी को हो? जबजको प्रवर्तक नै को हो? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो। तपाईं हेर्नुस्, यो ठूलो संकट हो,’ उनले भने ।

एमालेमा देखिएको संकट गहिरिने संकेत गर्दै प्रचण्डले थपे, ‘अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ।’ एमालेभित्रको विवादलाई प्रचण्डले ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा दिए ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media