भदौ १३ गते ,काठमाडौं-भोजपुरका किसानहरु व्यावसायिक जडीबुटी खेतीमा आकर्षित भएका छन् । अन्यबालीको तुलनामा जडीबुटीको खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान जडीबुटी खेतीमा आकर्षित भएका हुन् ।
भोजपुरका उच्च लेकाली भू–भागमा चिराईलो, लोड सल्ला, सतुवा लगायत जडीबुटीको व्यवसायिक खेतीमा किसान जुटेका छन् । किसानलाई थप व्यवसायिक बनाउन राज्यले पनि आवश्यक सहयोग गरेसँगै उनीहरु उत्साहित भएका छन् ।
किसानलाई उनीहरुले गरिरहेको काम तथा व्यावसायिक योजनाको आधारमा डिभिजन वन कार्यालय भोजपुरले आवश्यक अनुदान सहयोग गर्दै आएको छ। प्रदेश सरकारको हरित कार्यक्रम अन्तर्गत विभिन्न जडीबुटी खेतीमा प्रोत्साहन गरिएको कार्यालयको भनाइ छ ।
राज्यको प्रोत्साहनको कार्यक्रमसँगै चिराईतोको मुल्य बर्सेनी बढ्न थालेपछि भोजपुरमा व्यावसायिक खेतीमा लाग्ने कृषकको सङ्ख्या समेत बढेको हो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क