२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

शेरबहादुर देउवा र आर्जु राणा सिंगापुर प्रस्थान

शेरबहादुर देउवा र आर्जु राणा सिंगापुर प्रस्थान

कात्तिक ११ गते , काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनमा घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएका थिए । त्यसबेला देउवालाई उनको टाउकोमा १२ वटा टाँका लगाइएको खबर बाहिरिएको थियो ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय समितीको बैठमा केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।

निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नेछन् । यसअघि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर जाने गरेका थिए ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media