२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

प्रधानमन्त्री प्रचण्डले हाम्रो बन्दाम गर्न खोजे-ओलि(भिडियो)

प्रधानमन्त्री प्रचण्डले हाम्रो बन्दाम गर्न खोजे-ओलि(भिडियो)

फागुन ८,काठमाण्डौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड र शेर बहादुर देउवा मिलेर एमालेको बन्दाम गर्न खोजेको आरोप लगाउनु भएको छ । आज पार्टीको केन्द्रीय समिति बैठक लाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचनका केही सिट देखाएर हामीलाई उहाहरुले बन्दाम गर्न खोज्नुभयो भन्दै उहाँले थप्नु भयो प्रधानमन्त्री स्वयंले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मिलेर जाऊ प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले सिट बाँडौं भनेर प्रस्ताव ल्याउनुभयो । यो वास्तविक प्रस्ताव हैन यसका पछाडि केही लुकेको छ भन्ने हामीलाई लागेको थियो ।

पछि शेर बहादुर देउवा संग पनि सल्ला गरेर निष्कर्षमा पुगेको निर्णय उहाँहरूले सुनाउनु भयो। जसरी पनि मिलेर जाने अडान उहाँहरूले राख्दै गर्दा हामीले अस्वीकार गर्न त मिलेन ।उहाँहरूले बोलाए अनुसार नै बैठकमा गएउ । 

पछि छलफल टुंगोमा पुग्ने चरणमा उहाँहरूले संक्रमण कालीन न्यायको कुरा अगि सार्नु भयो र भन्नु भयो निर्वाचन माघमा छ समय छ पहिला संक्रमण कालीन न्यायको विषयलाई टुंगोमा पुर्याउ भन्न थाल्नु भयो ।उहाँहरुको योजना असफल हुनेभएपछि साथीहरुले मानेनन् भनेर पन्छिनु भयो ।

उहाँहरुको उद्देश्य हामीलाई बन्दाम गर्ने र पीडितलाई थप पिडादिने अभिप्रायले आएको थियो । अहिले त्यसबेलाका पीडक दुवै सत्तामा भएकाले यो प्रक्रिया टुंग्याउन जटिल भएको अध्क्षय ओलिले बताउनु भयो “उहाले भन्नुभयो क्रान्तिका नाममा हत्या गर्ने र हिंसा नियन्त्रण गर्ने बाहानामा सरकारको पक्ष बाट हत्या गर्ने दुवै पक्ष सरकारमा हुनुहुन्छ” कार्यकर्ता हाम्रा मारिएका छन् हामी एक दुई सिट सँग यो गम्भीर विषय सट्दैनौं। हामी त संक्रमण कालीन न्यायको दीर्घकालीन समाधान छिटो भन्दा छिटो निकाल्न चाहन्छौं उहाँले भन्नु भयो।

पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

समाचार ब्युरो ने

पाली मिडिया नेटवर्क 

Share on Social Media