२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षदेखि अलपत्र

भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षदेखि अलपत्र

कात्तिक १८ गते,काठमाडौं – उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ । विसं २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ । १५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भइसकेको छ । ६ वटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र अवस्थामा रहेको उनले बताए ।‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, वडाध्यक्ष विसन्केले भने, ‘राज्यको चार करोड रुपैयाँ खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौं ।’

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्मा बताउँछन् । पक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।‘राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने, ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।’२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । अनलाइनखबर

Loading poll ...
Share on Social Media