२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

मङ्सिर १७ गते,काठमाडौँ -हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९।१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ । रासस

Loading poll ...
Share on Social Media