२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

दिनमा दुई पटक दाँत माझ्नु किन सधैँ राम्रो होइन?

दिनमा दुई पटक दाँत माझ्नु किन सधैँ राम्रो होइन?

मङ्सिर २५ गते,काठमाडौँ – कसरी दाँत माझ्ने भनेर जानकार छौँ भन्ने हामी सबैलाई लाग्छ: बिहान र राति दाँत माझ्ने, पानीले कुल्ला गर्ने र माउथवाश सायद राम्रो उपाय हुन सक्छ।

तर दन्त विशेषज्ञहरूका अनुसार, सबैभन्दा सजग मानिसहरूले पनि केही गल्तीहरू गरिरहेका हुन सक्छन्, जसले गर्दा उनीहरू दाँतको विषयमा नराम्रो गरिरहेका हुन सक्छन्।

युनिभर्सिटी अफ बर्मिङघमको स्कुल अफ डेन्टिस्ट्रीका डा. प्रवीण शर्माका अनुसार ब्रिटेनका आधा जसो वयस्कलाई कुनै न कुनै समयमा गिजाको रोग लाग्ने र गिजाबाट रगत आउने लक्षण देखिन सक्छ।

“यदि तपाईँको गिजाबाट रगत बगिरहेको छ वा सुन्निएको छ भने त्यो तपाईँले अझै राम्रोसँग दाँत माझ्न आवश्यक छ भन्ने सङ्केत हो,” उनी भन्छन्।

उनी र बीबीसीको ह्वाटस् अप डक्स् पडकास्टका प्रस्तोता डा. ज्यान्ड र डा. क्रिस भ्यान ट्युलेकेन भनाइमा हामीमध्ये धेरैले अहिले गलत गरिरहेका छौँ, त्यो परिवर्तन गर्‍यौँ भने हाम्रो दाँतको स्वास्थ्य सुधार हुन सक्छ।

त्यसको निम्ति दन्त चिकित्सकसँग नियमित परामर्श गर्ने सहित, चारवटा तरिका छन्।

१. छिटो दुई पटक दाँत माझ्नुभन्दा एक पटक राम्रो
दाँतसम्बन्धी एउटा उत्तम मान्यता हो, दिनमा दुई पटक माझ्नु र न्याश्नल हेल्थ सर्भिस (एनएसएस) ले पनि त्यसो गर्न सिफारिस गर्दछ।

तर डा. शर्माका भनाइमा यसको वास्तविक पक्ष परिमाण होइन, गुणस्तर हो।”पक्कै हो, यदि तपाईँ समय निकाल्न सक्नुहुन्छ भने, दिनमा दुई पटक राम्रोसँग दाँत माझ्नुहोस्,” उनी भन्छन्, “तर दिनमा एक पटक राम्रो तरिकाले र एक पटक छिटो दुई मिनेट गर्नु राम्रो हो।”

यदि तपाईँसँग दिनको एक पटक मात्र दाँत राम्रोसँग माझ्ने र सफा गर्ने समय छ भने उनी त्यो साँझमा गर्न सल्लाह दिन्छन्।
पक्कै पनि, मुख्य गरी दुईवटा दाँतबीच कुनै साधनको प्रयोग गरेर सफा गर्न धेरैलाई मन पर्दैन, तर डा. शर्मा त्यसको निम्ति इन्टरडेन्टल ब्रशको प्रयोग गर्दा त्यसले सजिलो र कम पीडादायी बनाउन सक्ने सुझाउँछन्।

जब यो विधिको कुरा आउँछ, प्रत्येक दाँतको बाहिरी, भित्री र टोक्ने सतह तीनै तह माझ्न आवश्यक हुन्छ।

डा. शर्माको सुझाव छ, धेरै दबाव नदिई दाँतको प्रत्येक तहको सानो गोलाकारमा ब्रश चलाउनु पर्छ।

उनी दाँत र गिजाको बीचको भागमा विशेष ध्यान दिनु पर्ने बताउँछन् किनकि त्यहीँबाट गिजाको रोग हुन सक्छ।

डा. ज्यान्डका भनाइमा ‘ब्रशको जगरले निम्त्याउने संवेदनामा ध्यान केन्द्रित गर्नु’ महत्त्वपूर्ण हुन्छ र ध्यानपूर्वक दाँत माझ्नु पर्छ, त्यसबेला फोन चलाउनु हुँदैन।

२. बिहानको खाजा अघि दाँत माझ्नुहोस्, पछि होइन
धेरै व्यक्तिहरूले खाना खाने बित्तिकै आफ्नो दाँत माझ्ने गर्छन्, तर यसले तपाईँको इनामेललाई कुनै पनि लाभ नगर्न सक्छ।

“सामान्यता बिहानको खाजाअघि दाँत माझ्नुहोस्,” डा. शर्मा भन्छन्, “तपाईँ यो केही अम्लीय अवस्थापछि दाँत माझ्न चाहनुहुन्छ भने, खाने र माझ्ने बीचमा केही समयको अन्तराल राख्नुपर्छ।”

यो किनभने खाद्य र पेय पदार्थ, विशेष गरी फलफूलको रस वा कफीबाट बन्ने एसिडले दाँतको इनामेललाई नरम बनाउन सक्छ र लगत्तै दाँत माझ्नाले त्यसलाई हटाउन सक्छ।

डा. क्रिसले खाना खाएपछि पानीले मुख कुल्ला गरेर एसिड पखाल्न र यदि बिहानको नास्तापछि ब्रश गर्नु छ भने कम्तीमा ३० मिनेट पर्खिन सुझाव दिन्छन्।

३. दाँत माझेपछि कुल्ला नगर्नुहोस्

यदि तपाईँले हरेक पटक दाँत माझेपछि थुक्ने, कुल्ला गर्ने र गार्गल गर्नुहुन्छ भने, त्यो अन्तिम चरणबारे पुनर्विचार गर्न आवश्यक छ।

“थुक्नुहोस् तर पानीले कुल्ला नगर्नुहोस्,” डा. शर्मा भन्छन्।

मुख कुल्ला गर्नाले बाँकी रहेको दन्त मन्जनमा मिश्रित फ्लोराइड पखालिन्छ।

त्यसको अर्थ केवल अतिरिक्त मन्जन थुक्नु र फ्लोराइडको पातलो तहलाई दाँतको सुरक्षा जारी राख्न छोड्नु हो।

यदि तपाईँ ब्रश गरेपछि आफ्नो मुख कुल्ला गर्न चाहनुहुन्छ भने, माउथवाशको प्रयोग गर्नुहोस्।

४. महँगो हुँदैमा दन्त मन्जन राम्रो हुँदैन
दाँत सेतो गराउने, कोइला र इनामेल बढाउने भनिने दन्त मन्जनहरूले पसल भरिभराउ हुन्छन्। त्यसैले महँगा विकल्पहरूले स्वस्थ मुस्कान दिने छ भन्ने अनुमान गर्न सजिलो छ।

तर डा. शर्माका अनुसार, तपाईँले कुन ब्रान्ड रोज्नुहुन्छ भन्ने कुराले वास्तवमा फरक पार्दैन, त्यसमा समावेश मुख्य तत्त्व प्रमुख हुन्छ।

“तपाईँको दन्त मन्जनमा फ्लोराइड छ भने यसले धेरै फरक पार्दैन,” उनी आफूले सस्तो वा अफरमा भएको पनि किन्ने बताउँछन्। फ्लोराइडले इनामेलको रक्षा गर्न र खिइनबाट रोक्न मद्दत गर्छ, र यो वास्तवमै महत्त्वपूर्ण छ।

तथापि, तपाईँ संवेदनशील गिजा जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तपाईँको दन्त चिकित्सकले विशेष मन्जन प्रयोग गर्न सिफारिस गर्न सक्दछ।बीबीसी नेपाल

Loading poll ...
Share on Social Media