२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

एमालेको ११ औं महाधिवेशन आजबाट सुरुहुदै : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्ने

एमालेको ११ औं महाधिवेशन आजबाट सुरुहुदै : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्ने

मङ्सिर २७ गते काठमाडौँ -नेकपा एमालेको ऐतिहासिक ११ औं राष्ट्रिय महाधिवेशन शनिबार(आज)बाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम छ।

पार्टी प्रचार विभागका अनुसारर दिउँसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नुहुनेछ । उद्घाटन सभामा तीन लाख जनताको सहभागीता हुने एमालेले जनाएको छ ।

‘‘ऐतिहासिक ११ औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी रहेको एमाले जानआएको छ ।बागमती, मधेश र गण्डकी प्रदेशका प्रत्येक वडा वडाबाट कार्यकर्ता आउने एमालेको दाबी छ। अन्य प्रदेशबाट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु आउने एमालेले जनाएको छ।

कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने आयोजकले जनाएको छ। उद्घाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन । उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिति र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने आयोजकले जनाएको छ। कार्यक्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकी प्रष्तुत गर्ने तयारी छ । उद्घाटन सत्रमा नेपाली कांग्रेस लगायत १६ वटा दललाई अतिथिको रुपमा निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ ।

उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ । कार्यक्रम स्थलभन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ । यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ । गठाघर र जगातीबाट सहभागीहरु जुलुससहित कार्यक्रम स्थलतर्फ आउनेछन् । नगरकोट क्षेत्रबाट आउनेहरुलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ । भक्तपुरका सबै वडाबाट जुलुससहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउनेछन् ।

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन् । उद्घाटन सत्र सकिएपछि भोली बिहानदेखि काठमाडौँको भृकुटी मण्डपमा बन्द सत्र सुरु हुने एमालेले जनाएको छ ।

सामाचार ब्युरो
नेपाली मि‌डिया नेटवर्क

Loading poll ...
Share on Social Media