२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

एमालेको उम्मेदवारी : ५४.४४ प्रतिशत नयाँ अनुहार

एमालेको उम्मेदवारी : ५४.४४ प्रतिशत नयाँ अनुहार

माघ ७ गते काठमाडौं-नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

उहाँका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले एमालेले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्यामध्ये ५४.४४ प्रतिशत नयाँ अनुहार रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहार रहेको उहाँको भनाइ छ । मधेस र सुदूरपश्चिममा ५०–५० प्रतिशत नयाँ अनुहार रहेको उहाँको भनाइ छ ।

यसैगरी, कोशीमा ५३.५७ प्रतिशत, कर्णालीमा ७५ प्रतिशत, बागमतीमा ६०.६० प्रतिशत र गण्डकीमा ६१.११ प्रतिशत नयाँ अनुहारको उम्मेदवारी दर्ता भएको छ । उहाँले सबैभन्दा कम लुम्बिनीमा ४२.३० प्रतिशत नयाँ अनुहार दर्ता भएको जानकारी दिनुभयो।

उहाँले आगामी निर्वाचनले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोड लिने तथा संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमन विरुद्धको जनमत सङ्ग्रहका रुपमा लिएको बताउनुभयो।

कुन क्षेत्रबाट कसको उम्मेदवारी ?

आगामी निर्वाचनमा एमाले उपाध्यक्षहरु गोकर्ण विष्ट गुल्मी क्षेत्र नं २, पृथ्वीसुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको छ । महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको छ।

उपमहासचिवहरु लेखराज भट्ट कैलाली क्षेत्र नं ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्नुभएको छ । सचिवहरु भानुभक्त ढकाल तेह्रथुम, शेरधन राई भोजपुर, डा. राजन भट्टराई काठमाडौँ क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । यस्तै, एमाले नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार बन्नुभएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले आगामी निर्वाचनलाई असाधारण परिस्थितिमा हुन गइरहेको जनमत सङ्ग्रहका रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले असंवैधानिक र अलोकतान्त्रिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्नुहुँदै एमालेले लोकतन्त्र पुनस्र्थापनाका लागि निर्वाचनमा सहभागी हुने निष्कर्श निकालेको भनाइ राख्नुभयो ।

यससँगै लोकतन्त्रको पुनःस्थापना गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, देशमा स्थायित्व कायम तथा शान्ति, सुरक्षाको प्रत्याभूति गराउन एमालेले निर्वाचनमा सहभागी हुने निष्कर्श निकालेको उहाँको भनाइ छ।गोप

Loading poll ...
Share on Social Media