२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली

भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली

माघ ७ गते काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।

उहाँले नीति, कार्यक्रम र बिचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरुको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, बिभिन्न पूर्वाधारको बिषयमा जनातलाई बुझाउन आग्रह गर्नुभयो ।

“मलाई लाग्छ यहाँका जनताले आफ्नो अभिमत विकास र निर्माणको पक्षमा जाहेर गर्नुहुनेछ” उहाँले भन्नुभयो । विकासका कुरा, निर्माणका कुरा र बिचारका कुरा गर्दा अहिले सामाजिक र भौतिक रुपमा नै आक्रमण हुने त्रासका कारण बोल्न डराउनु पर्ने अवस्था आएको भन्दै उहाँले थप्नुभयो, “बिचारविहीनहरुले बिचार भएकाहरुमाथि आक्रमण गर्नेक्रम देखिएको छ, यसलाई निस्तेज पार्नुपर्छ ।”

प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संबिधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । “अवाञ्छित हर्कत तथा गतिविधिहरु भइरहेको सुन्नमा आएको छ, यस्तो गतिविधि रोकिनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

सोमबार झापा आउनुभएका ओली दमकमा पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधरणसँग भेटघाटमा ब्यस्त रहनुभएको छ । निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह र गौरीगन्ज पालिकाका पार्टीका सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु, सर्वसाधरण मतदातासँग सम्बाद गर्दै आउनुभएको एमालेका केन्द्रिय सदस्य ईन्द्र भण्डारीले बताउनुभयो । अध्यक्ष ओली केहीदिन झापामै रहनु हुने उहाँले बताउनुभयो । गोप

Loading poll ...
Share on Social Media