२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

सुनको मूल्य तीन लाख १८ हजार आठ सय

सुनको मूल्य तीन लाख १८ हजार आठ सय

माघ १४ गते,काठमाडौँ – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु. सात हजार ३०० कायम भएको छ । 
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु. छ हजार ८७० कायम भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

Loading poll ...
Share on Social Media