२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भोजपुर-काठमाण्डौं सम्पर्क मञ्चमा अध्क्षयका लागि कडा प्रतिस्प्रधा

भोजपुर-काठमाण्डौं सम्पर्क मञ्चमा अध्क्षयका लागि कडा प्रतिस्प्रधा

फागुन ११,काठमाडौं – नेकपा एमाले निकट भोजपुर – काठमाण्डौं सम्पर्क मञ्चले आफ्नो १४ औं सम्मेलन यहीं फागुन १२ गते गर्ने भएको छ।

उप-सचिव वीरेन्द्र श्रेष्ठ का अनुसार मञ्चको सम्मेलन १२ गते शनिबार बिहान ८ बजे सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा हुन गइरहेको छ ।

नेकपा एमाले ले आफ्ना सम्पूर्ण मातहतका कमिटीहरु लाई व्यवस्थित र मर्यादित बनाउन माघ मसान्त भित्र सम्मेलन गर्नुपर्ने निर्देश जारी गरेको जनाइएको छ। पार्टीको निर्देशन बमोजिम गत असोज २७ गते फुर्बा तेन्जिङ्ग शेर्पा अध्क्षय रहेको कमिटि लाई आयोजक कमिटीमा रूपान्तरण गरिएको जानकारी दिएको छ ।

भोजपुर- काठमाण्डौं सम्पर्क मञ्चको कार्यकाल दुई वर्ष पूरा भएकाले यो नियमित सम्मेलन पनि भएको उप-सचिव श्रेष्ठले जानकारी दिनुभयो।

३५० जना प्रतिनिधि टुङ्ग्याए सँगै १२ गते शनिबार हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी उप-सचिव श्रेष्ठले दिनुभएको छ।

आगामी नेतृतोको लागि कडा प्रतिस्प्रधा रहेको जनाइएको छ । विशेष त अध्क्षय र सचिव दुई कार्यकारी पदमा कडा प्रतिस्प्रधा हुने जनाइएको छ। अध्क्षयमा ढोकल आले , वीरेन्द्र श्रेष्ठ , सञ्जु राई र ईश्वर आश्चर्य बीच प्रतिस्प्रधा हुने बुझिएको छ। उता सचिवमा फुर्लाकपा शेर्पा, अविरल कार्की, अनन्त राई र पर्शुराम रोक्का बीच प्रतिस्प्रधा हुने बुझिएको छ ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Share on Social Media