२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

‘जेनजी’ आन्दोलनको जाँचबुझ प्रतिवेदन बुझाउने तयारी

‘जेनजी’ आन्दोलनको जाँचबुझ प्रतिवेदन बुझाउने तयारी

फागुन २३ गते,काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग फागुन २४ सम्म प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । प्रतिवेदन बुझाउनुअघि अन्तिम रूप दिन आयोगका पदाधिकारीले शनिबार (आज) पनि काम गरिरहेका छन् ।

प्रतिवेदन रुजुको काम भइरहेको आयोगका एक पदाधिकारीले बताए । ‘‘आज (शनिबार) प्रतिवेदन रुजु भइरहेको छ । सम्भव भए आजै र सम्भव नभए आइतबारसम्म प्रतिवेदन बुझाउँने छौँ,’’ती पदाधिकारीले भने ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनका क्रममा भएको घटना जाँचबुझका निम्ति पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । दुई हजार ४२९ जना घाइते भएका थिए ।

सरकारी तथ्यांकानुसार, जेनजी आन्दोलनका नाममा अराजक समूहबाट गरिएको लुटपाट, तोडफोड र आगजनीबाट सार्वजनिक तथा निजी क्षेत्रमा झन्डै साढे ८४ अर्ब रुपैयाँको क्षति भएको छ  । तीन सदस्यीय जाँचबुझ आयोगले असोज ९ गतेदेखि काम सुरु गरेको थियो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media