२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज आयोगमा बुझाउदै

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज आयोगमा बुझाउदै

चैत १ गते, काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड पार गरेका छ राजनीतिक दलले आइतबार कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आज ५ बजेसम्म क्लष्टर (समूह) मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रचार गरिएको निर्वाचन आयोग श्रोतले जानकारी दिएको छ ।

फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा बढी प्राप्त गर्ने रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाचित भएको विवरण पठाउनुपर्नेछ । यसैगरी कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आज साँझ ५ः०० बजेसम्म आयोगमा पेस गर्नुपर्ने आयोगले जानकारी दिएको छ।

दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आयोगले आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । नमिलेमा फेरि सच्याउन समय तोकिने प्रवक्ता जिसीले उल्लेख गर्नुभयो । समानुपातिक प्रणालीबाट ११० जना उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।

समचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media