२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

एनआरटी लाई हराउँदै मच्छिन्द्र बन्यो केपि ओलि कपको विजेता

एनआरटी लाई हराउँदै मच्छिन्द्र बन्यो केपि ओलि कपको विजेता

फागुन १९ ,काठमाडौँ – केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले जितेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा साविक विजेता समेत रहेको मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि जितेको हो ।

मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको छ। उपाधि रक्षा गर्न मच्छिन्द्रका लागि टाइब्रेकरमा सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरेका थिए ।

एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता एनआरटीले पाँच लाख रुपियाँ पुरस्कार पायो ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई जनही ५० हजार तथा प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब र एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसीले भाग लिएका थिए ।

विजेतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले पुरस्कार प्रदान गर्नुभयो ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

Share on Social Media