२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

काठमाडौँ । पुँजी बजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो ।

यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ मा खुम्चिएको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ । बैकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव २३ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

विकास बैङ्क शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४५, लगानी शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त शून्य दशमलव ९५ र निर्जीवन समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०९ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ अर्ब ७६ करोड ४१ लाख आठ सय नौ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार चार सय ९९ कित्ता शेयर किनबेच भएको छ । रासस

Share on Social Media